Skip to main content

Posts

Showing posts from March, 2020

कति रहर

स्कुलबाट घर फर्किंदा, ठुलो उकालो उक्लिंदा लाग्थ्यो, यस्तो भारी ब्याग छोडेर एउटा काँधमा ममीको जस्तै ब्याग भिर्न पाए हुन्थ्यो | कस्तो राम्री देखिन्थे होला, दुइ चुल्ठी फुकालेको, जुत्ता मोजाको सट्टा हील जुत्ता लगाएको, नाङ्गो नङहरुमा कालो पालिस लगाएको, केहि नदलेको अनुहारमा थोरै मकेअप  गरेको | स्कुल युनिफोर्म नभएर अस्ति भर्खरै न्यु रोड़मा देखेको ड्रेस लगाउन, कति रहर | बुच्चो कानमा बज्ने झुम्का लगाउन, कति रहर | बाटोमा हिंड्दा देखिने चिटिक्क परेका दिदीहरु जस्तै परफ्युम लगाउन, कति रहर | कति! सोच्दा सोच्दै उकालो नि कट्यो, घर पनि आयो | खाजा खाएँ, होम्वोर्क सुरु गरें | गर्दा गर्दै सोच्थें, नगर्नुपरे हुन्थ्यो | लेख्न पाए  हुन्थ्यो | म लेखक हूँ भनेर भन्न पाए हुन्थ्यो | मेरा लेख मनपराउने मान्छे भेटाए हुन्थ्यो | मैले पढ्ने उपन्यासको लेखकले मेरो नाम थाहा पाए हुन्थ्यो | सोच्दा सोच्दै होम्वोर्क नि सक्यो, अनि खाना खाएर सुतें | दिनहरु नि बिते | कहिले काहिँ चाही, बिहान उठ्दा रहर नै रहन्थेनन् | राम्री हुन नि मन लाग्थेन,  लेखक हुन नि  मन लाग्थेन | खाना खान नि मन लाग्थेन, खाजा खाना नि मन लाग्थेन | ठु