Skip to main content

Posts

Showing posts with the label words

भारी ओठ

कति भारी हुन्छन शब्दहरु, निन्द्र लागेको आखाँमा तर ओठ भने बिना आवज नै चल्छ​ कथालाई माया मार्न सक्छ र ऊ ? बरु भोलि बसमै निदाउछु भनेर सोचिसक्यो होला किनभने कोइ रातहरुमा किताबको बासना निन्द्रभन्दा मिठो भईदिन्छ  थाकेका औलाहरु पाना पल्टाको पल्टै हुन्छन् आखाँहरु तिर्मिराउन थालेका शब्दहरुमा घोरीरन्छन् हाई आउँछ उस्लाई, अनि मलाई तर्साउँछ​ रिस पनि कति आओस्? आखाँ उस्को झोलिएको छटपटी उस्को मनमा ओठ उस्का भारी म​? मात्र दर्शक सुत भनेर नि भन्दिन​ एकोहोरो हेरिरन्छु, उस्ले आफ़्नो किताब  हेरेजस्तै अनि एक समयमा आएर शरिरले हार मान्छ ओठ लडबडाउँछ​ आखाँ नसोधि बन्द हुन्छ​ किताब बन्द गरेर बेडसाइडमा राख्दैन ऊ ऊ त बस् त्यै शब्दहरुलाई आफ़्नो छातिसगँ टाँस्छ​ अनि सास फ़ेर्दा किताब तल माथि गरिरहन्छ​ मानौ उस्को सास उस्लाई त्यै किताबले दिराको छ​ अनि म​? फ़ेरि पनि दर्शक  - अनुश्रुति अधिकारी